सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १४ हजार २०० कायम भएको छ भने १ तोला चाँदीको मूल्य ५ हजार ४९५ निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुन ३ लाख १७ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ५१५ मा कारोबार भएको थियो । गत बुधबार ३ लाख १९ हजारमा १ तोला सुन खरिदबिक्री भएको थियो भने १ तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो भने १ तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो ।

सोमबार १ तोला सुन ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु ५ हजार ४१० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।