आधुनिक प्रविधिसहित ‘मिराकल स्माइल एण्ड एस्थेटिक्स’ अनामनगरमा संचालन

काठमाडौं । दन्त उपचार तथा छाला सौन्दर्य सेवामा नयाँ आयाम थप्ने उद्देश्यले मिराकल स्माइल एण्ड एस्थेटिक्सले २५ प्रतिशत छूटको ओपनिङ अफरसहित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सकहरूको टोलीद्वारा सञ्चालित यो क्लिनिकले दन्त, छाला तथा सम्पूर्ण अनुहार सौन्दर्यसम्बन्धी सेवा प्रदान गर्नेछ ।

उक्त केयर संचालकको रुपमा डा. सुदिप गिरी,डा. नम्रता खरेल,डा. विनय भण्डारी र सुस्मा कार्कि रहेका छन् ।

सम्पूर्ण उपचार सहज र व्यावसायिक शैलीमा उपलब्ध गराउने उद्देश्य लिएको छौ । “अत्याधुनिक प्रविधिसहितको सम्पूर्ण उपचारको नयाँ गन्तव्य यही हो,” उक्त केयरका प्रमुख दन्त चिकित्सक डा. सुदिप गिरीले बताए ।

क्लिनिकमा अनुभवी स्टाफ, तथा गुणस्तरीय सेवाको प्रत्याभूति गरिएको छ। मिराकल स्माइल एण्ड एस्थेटिक्सले नेपाली सौन्दर्य तथा दन्त सेवाको क्षेत्रमा नयाँ सम्भावना र गुणस्तरको विस्तार गर्ने अपेक्षा गरिएको छ।