सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौं ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ ।

सुन तोलामा ४ हजार ६०० ले घटेको छ भने चाँदी पनि रु १५० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६७० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।