काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार उक्त आदेश दिएको हो । उनीसँग ६५ लाख धरौटी माग गरिएको छ ।
लामिछानेले अदालतले तोकेको धरौटी बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्ने छन् । बिहीबार मात्रै सो मुद्दामा थुनछेक बहस सकिएको थियो ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।




































