काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज रविको बयान सकिएको छ । आइतबार नै अदालत उपस्थित भएका उनको बयान झण्डै साडे २ घण्टा चलेको थियो । थुनछेक बहस भोलि हुने जनाइएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका थिए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की अदालतले पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पुस २५ गते धेरौटीमा रिहा गरेको थियो । शुक्रबार साँझ काठमाडौँ आएका उनी आइतबार बिहान अदालतमा उपस्थित भएका थिए ।



































