काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गतेका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेलाई आह्वान गरेका हुन् । कोशी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङले माघ ७ गते अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी माघ ७ गते दिउँसो २ बजे प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरेको हो ।





































