रवि लामिछाने बुधबारसम्म हिरासतमा रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । थुनछेक बहस नसकिएपछि रवि न्यायिक हिरासतमा बस्नुपर्ने भएको हो ।

जिल्ला अदालत, काठमाडौंमा सोमबार सरकारी वकिलहरूले बहस गरेका थिए । उनका वकिलहरूले बहस गर्न नभ्याएपछि अब बुधबार बहस हुने भएको छ ।

मंगलबार बिदा भएकाले बुधबार मात्र बहस र आदेश हुने जनाइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।