काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। तिब्बतस्थित सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सोमबार साँझ ६.४२ मिनेटमा शिजाङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि पनि सोही क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। आजजको भूकम्प यसैको परकम्प भएको केन्द्रले जनाएको छ।




































