सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई परिवार र वकिलको जिम्मामा छाडियो

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ । उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीबार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो । मरासिनीका अनुसार आज उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा भोलि उपस्थित हुने गरी छाड्न आदेश भएको छ।

सुप्रिम सहकारीको बचत ठगी आरोपमा उनीलगायत विरुद्ध रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत उपस्थित भएका थिए ।

बुधबार उनको बयान सकिएको छ । बिहीबारबाट उनको थुनछेक बहस सुरु हुनेछ ।