काठमाडौं । कप्तान करण केसीको आक्रामक ब्याटिङ र बलरहरूको सन्तुलित प्रदर्शनको मद्दतमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ११औँ खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।
जितका लागि १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा १३५ रनमा अलआउट भयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।




































