पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध

काठमाडौं । अख्तियार दुरुपयोग अनसन्धान आयोगले पोखरा विमानस्थल अनियमितता प्रकरणमा तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यसमेतलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै, १० जना तत्कालीन सचिवसमेतलाई विपक्षी बनाइएको मुद्दामा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ५५ प्रतिवादी छन् । करिब आठ अर्ब बिगो दाबी गरिएको उक्त मुद्दामा १२ वर्षअघि निधन भएका तत्कालीन मन्त्री तथा माओवादी नेता पोस्टबहादुर बोगटीसमेतका प्रतिवादी छन् । बोगटीको हृदयघातका कारण ०७१ साल भदौ ३० मा निधन भइसकेको छ ।

यस्तै, प्रतिवादी बनाइएकामा कांग्रेस नेता तथा तत्कालीन मन्त्री डा. रामशरण महत छन् । नेपालको अर्थतन्त्रमा गरेको सुधार र आर्थिक नीतिमा आएको परिवर्तनका लागि जिम्मेवार मानिएका डा. महतमाथि भ्रष्टाचार गरेको रकम राख्न विदेशी बैंकमा खाता खोलेको आरोप संसद्मा लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । छानबिनले उनले विदेशी संस्थामा जागिर खाँदाको खाता मात्र रहेको भन्दै आरोप गलत ठहराएपछि उनी पुनः पदबहाली भएका थिए ।

झन्डै दुई दशकसम्म पटकपटक अर्थमन्त्री भएर काम गरेका उनीमाथि राजनीतिमा सक्रिय रहँदासम्म भ्रष्टाचार अभियोग लागेको थिएन । आर्थिक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाएर अर्थतन्त्र चलायमान बनाएको श्रेय पाएका उनी पछिल्लो सयम ‘अल्जाइमर्स’ रोगका कारण स्मरणशक्ति गुमाएर आराम गरिरहेका छन् । आफ्ना समकालीन साथीहरूलाई समेत नचिन्ने अवस्थामा रहेका उनीविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दर्ता भएको छ । त्यस्तै, ०७९ सालमा पहिलो संविधानसभा विघटित भएपछिको चुनावी सरकारमा मन्त्री भएका रामकुमार श्रेष्ठ पनि पोखरा विमानस्थल भ्रष्टाचारमा तानिएका छन् । त्यसपछि ओली सरकारमा पर्यटनमन्त्री बनेका एमाले नेता भीम आचार्य पनि भ्रष्टाचारमा तानिएका छन् । यसका साथै झलनाथ खनाल एमालेका अध्यक्ष हुँदा सचिवालयमा बसेका दीपक अमात्य दोस्रो संविधानसभामा सांसद र पर्यटन मन्त्री बनेका थिए । उनी पनि पोखरा विमानस्थल भ्रष्टाचारमा तानिएका छन् ।

आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार बिगो बनाइएको मुद्दामा तत्कालीन पाँच मन्त्री, १० सचिव र तत्कालीन आयोजना प्रमुख तथा निलम्बित नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारसहित ५५ जना प्रतिवादी छन् । निर्माणकर्ता चिनियाँ कम्पनीलाई पनि विपक्षी बनाइएको छ ।

को–को छन् भ्रष्टाचारमा संलग्न ?

–रामकुमार श्रेष्ठ, तत्कालीन मन्त्री– संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
– भीम प्रसाद आचार्य, तत्कालीन मन्त्री – संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
– दीपक चन्द्र अमात्य, तत्कालीन मन्त्री – संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
–डा. रामशरण महत, तत्कालीन अर्थमन्त्री
–सुशील घिमिरे, तत्कालीन सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–सुरेशमान श्रेष्ठ, तत्कालीन सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
– सुमन प्रसाद शर्मा, तत्कालीन सचिव– अर्थ मन्त्रालय
–भेषराज शर्मा, तत्कालीन सचिव– कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय
–रञ्जन कृष्ण अर्याल, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–मोहनकृष्ण सापकोटा, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–लोक बहादुर खत्री, तत्कालीन सहसचिव–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा प्राधिकरण सञ्चालक सदस्य
–मनरुप शाही, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–ज्योति अधिकारी, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–मनोज कार्की, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–फुर्वा छिरिङ शेर्पा, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–सुरेश आचार्य, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
–मदन खरेल, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–मुक्तिनारायण पौडेल, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–सूर्यप्रसाद आचार्य, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–त्रिरत्न मानन्धर, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सदस्यसचिव– नेपाल नागरिक उड्डयन प्राधिकरण
–रतीश चन्द्रलाल सुमन, तत्कालीन महानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्यसचिव – प्राधिकरण सञ्चालक समिति
–सुमन कुमार श्रेष्ठ, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–हरिबहादुर खड्का, तत्कालीन उपसचिव– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–रोशन चित्रकार, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–ऋषिकेश शर्मा, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–नारायण गिरी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–महेश कुमार बस्नेत, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–बाबुराम पौडेल, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–अशोक कुमार सुवेदी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–मुरारी भण्डारी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–सुवर्णराज उपाध्याय, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–प्रतापबाबु तिवारी, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–रुद्र प्रसाद फुयाल, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–रामचन्द्र सुवेदी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–डा. रामकृष्ण तिमिल्सिना भन्ने डा. रामकृष्ण तिमल्सेना, तत्कालीन पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
–डा. पुरुषोत्तम डंगोल, तत्कालीन एयरपोर्ट इन्जिनियर
–विनोदानन्द चौधरी भन्ने बिनोदानन्द चौधरी मैथिल बाहुन, सेवा निवृत्त निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–मुकुन्द प्रसाद भण्डारी, तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–गंगासागर मान श्रेष्ठ, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–प्रदीप अधिकारी, तत्कालीन उपप्रबन्धक तथा हालका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–तत्कालीन प्राडा रबिन्द्रनाथ श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
–तत्कालीन उपप्राध्यापक सूर्य ज्ञवाली, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
–तत्कालीन उपप्राध्यापक सन्तोषकुमार श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
–हंसराज पाण्डेय, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–डा. पुण्यराज शाक्य, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–द्वारिका प्रसाद भट्टराई, तत्कालीन वरिष्ठ कानुन अधिकृत, नेपाल नागरिक उड्डयन प्राधिकरण
–कुल प्रसाद सिम्खडा, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–मधुकुमार मरासिनी, तत्कालीन सहसचिव, अर्थ मन्त्रालय
–लालबहादुर खत्री, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
–कमल कुमार भट्टराई, तत्कालीन शाखा अधिकृत, अर्थ मन्त्रालय
–प्रेम उपाध्याय भन्ने प्रेमनाथ उपाध्याय, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
–स्व. पोष्टबहादुर बोगटी (को हकवाला राममाया बोगटी), मन्त्री– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यक्ष– प्राधिकरण सञ्चालक समिति
–ध्रुवदास भोछिभोया (को हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ), तत्कालीन उपनिर्देशक– नागरिक उड्डयन प्राधिकरण
–चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र सोका मुख्य भई काम गर्ने व्यक्ति चेयरम्यान वाङ बो र रिजनल जनरल मेनेजर लिउ शेङचेङ

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।