आइएफआरसीद्वारा नेरेसो काठमाडौं जिल्ला शाखाद्वारा सञ्चालित मानवीय सेवाका गतिविधि जानकारी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) काठमाडौं जिल्ला शाखाद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका बारेमा यहाँस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासघं (आइएफआरसी)का देशीय प्रतिनिधि डेभिड फिसरले जानकारी लिएका छ ।

नेरेसो काठमाडौं शाखाअन्तर्गत हाल २१ उपशाखामा आबद्ध स्वयंसेवक मानवीय सेवामा संलग्न छन् । सो आवसरमा जिल्ला सभापति श्यामकाजी डोटेलले जिल्ला शाखाको कर्मचारी व्यवस्थापन, नीति नियम तथा मानवीय सेवाका कार्यका बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।

उनले भने, ‘रेडक्रसका आदर्श, सिद्धान्त र मूल्य मान्यताअनुसार जिल्ला शाखाले आफ्ना मानवीय सेवाका गतिविधि केन्द्रित छ ।’ शाखाले कोभिड–१९ महामारीविरुद्ध सचेतना तथा खोप अभियानमा सरकारलाई सहजीकरण एवं उत्कृष्ट मानवीय सेवा गरेको थियो ।

साथै सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम शाखाले सञ्चालन गरिरहेको छ । सो अवसरमा आइएफआरसीका नेशनल सोसाइटी डिभलमेन्टका वरिष्ठ सल्लाहकार फाथिमाथ हिम्भा आब्दिभव मजिदको पनि सहभागिता रहेको जिल्ला शाखाले जनाएको छ ।

सोही अवसरमा आइएफआरसीका देशीय प्रतिनिधि फिसरले मानवीय सेवामा काठमाडौं जिल्ला शाखाले गरेका कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे थिए ।आसन्न प्रतिनिधिसभाको निर्वाचनमा जिल्ला शाखाले आइएफआरसीको सहयोगमा काठमाडौंका दशवटै निर्वाचन क्षेत्रका मतदान स्थलमा प्राथमिक उपचार सेवाका लागि स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।