टी-२० विश्वकप : वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । भारत र श्रीलंकामा जारी टी- २० विश्वकप अन्तर्गत समूह “सी” खेलमा नेपालले आज वेस्ट इन्डिजकाे सामना गर्दै छ।

आइतबार खेल मुम्बईको वानखडे क्रिकेट रगंशालमा नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुनेछ। नेपाललाई आज जित बाहेक अन्य विकल्प छैन।

पहिलाे खेलमा इंग्ल्यान्डसँग ४ रन र इटालिसङ १० विकेटले पराजित भएकाे नेपालकाे सुपर- ८ मा पुग्ने सभ्भावना कम छ। त्यो सभ्भावनालाई जीवित राख्ने नेपालले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्छ।

वेस्ट इन्डिज भने समुहमा अपराजित रहँदै समूहकाे पहिलाे स्थानमा छ।