‘नेतृत्व सुधारेको कांग्रेसले देशलाई पनि विकासको पथमा अघि बढाउँछ’

तनहुँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको कांग्रेसले देशलाई पनि सुधारेर विकास–निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताएका छन् ।

नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको कोणसभामा उनले कांग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडी बढाउने जिम्मेवारी अब कांग्रेसले लिने बताए ।

प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चा गर्दै राजनीतिक स्थायित्व आवश्यक भएको बताए । उनले भने, “मुलुकको विकासका लागि कांग्रेसले धेरै योगदान गरेको छ । अब देशलाई समृद्धिको बाटोमा लैजाने अभियानको नेतृत्व पनि कांग्रेसले गर्नेछ ।”