काठमाडौं । इजरायलले शनिबार बिहान इरानी राजधानी तेहरानसहित धेरै शहरहरूमा ठूलो आक्रमण गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले इजरायली आक्रमणमा इरानी रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमाण्डर मोहम्मद पाकपुर मारिएको दाबी गरेको छ ।
यसअघि इरानी समाचार एजेन्सीहरूले दक्षिणी इरानको एक विद्यालयमा क्षेप्यास्त्र प्रहार हुँदा ४० जना बालिकाको मृत्यु भएको र ४५ जना घाइते भएको रिपोर्ट गरेका थिए ।
इजरायलले संयुक्त राज्य अमेरिकासँग मिलेर इरानी १० शहरहरूमा हवाई आक्रमण गरेको थियो । आक्रमणपछि ट्रम्पले एक भिडियो जारी गर्दै इरानमाथि आक्रमण अमेरिकी नागरिकहरूको सुरक्षाका लागि गरिएको बताएका थिए ।
प्रतिक्रियामा, इरानले इजरायलमा लगभग ४०० वटा क्षेप्यास्त्र प्रहार गर्यो र कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र युएईमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्यो। यसबाहेक, इरानले युएईको सबैभन्दा बढी जनसंख्या भएको शहर दुबईमा पनि आक्रमण गर्यो ।



































