काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु ५ हजार ४ सय र चाँदी रु १ सय ४० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १० कायम भएको छ ।
हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ७ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १ सय ५० कायम भएको थियो । गत मङ्गलवार १ तोला छापावाल सुन रु ३ लाख ९ हजार ९ सय र १ तोला चाँदी रु ५ हजार ३ सय ३५ कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९ सय र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




































