काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ ।
सुन तोलामा ७ हजार ८०० र चाँदी ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८९५ कायम भएको छ । हिजो बिहीबार १ तोला सुन ३ लाख २ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १० कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख ७ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
































