सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।

सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७१० कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।