काठमाडौं । जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् ।
उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् ।
शान्तिपूर्ण भनिएको विरोध प्रदर्शनका लागि युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका थिए ।
त्यहाँ दुई घण्टा प्रदर्शन गरी उनीहरूले सभा गर्ने कार्यक्रम छ । त्यसपछि प्रदर्शन गर्दै नयाँ बानेश्वरसम्म पुग्ने अगुवाहरूले बताइएका छन् ।








































