काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका २४ जनालाई थप सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धानका लागि प्रहरीलाई यो म्याद दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले २४ जनाविरुद्ध अनुसन्धानका लागि थप सात दिनको समय प्राप्त भएको बताए ।
प्रसाईं र मिश्रले हाजिर जमानीमा राख्न माग गर्दै अदालतमा निवेदन दायर गरेका छन् । आइतबारको इजलासमा दुवैले आफ्ना कुरा राखेका थिए । यसअघिको इजलासले बयान र प्रमाण संकलन पूरा भएमा हाजिर जमानीमा रिहा गर्न सकिने जनाएको थियो ।




































