काठमाडौं । शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान नियुक्त भएका छन् । बिसीसीआईले उनलाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको हो ।
टोलीको उपकप्तानमा रिषभ पन्त छन् । त्यस्तै बाँयाहाते पेस बलर अर्शदीप सिंह पहिलोपटक टेस्ट टोलीमा समावेश भएका छन् । २५ वर्षीय गिल भारतका लागि टेस्टमा कप्तानी गर्ने पाँचौं कान्छा खेलाडी हुन् । यसभन्दा अघि मन्सूर अली खान पटौदी, सचिन तेन्दुलकर, कपिल देव र रवि शास्त्री यो सूचीमा छन् ।
यसअघि पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि नयाँ कप्तान चयन गरिएको हो । यसै महिना रोहितपछि अर्का स्टार ब्याटर विराट कोहलीले पनि सन्यास लिएका थिए ।
हाल आईपीएलमा गुजरात टाइटान्सको कप्तानी सम्हालिरहेका गिलले दोस्रो सिजनमै टिमलाई प्लेअफसम्म पुर्याएका थिए । यद्यपी, उनीसँग प्रथम श्रेणी क्रिकेटमा कप्तानीको अनुभव धेरै छैन ।
भारतको १८ सदस्यीय टोलिमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शन पनि समावेश छन्। तर पेस बलर मोहम्मद शामी भने टोलीबाट बाहिर छन् ।
यस्ताे छ भारतीय टेस्ट टिमको टाेली
(शुभमन गिल (कप्तान), यशस्वी जयसवाल, केएल राहुल, ऋषभ पन्त (उपक्तान–विकेटकीपर), ध्रुव जुरेल (विकेटकीपर), रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रीत बुमराह, माेहम्मद सिराज, आकाश दीप, प्रसिद्ध कृष्णा, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश कुमार रेड्डी, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, अर्शदीप सिंह)





































