महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गरी खानेपानीसम्बन्धी विद्यमान समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा आयोजित कार्यशाला गोष्ठीलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले जमिनमुनिको पानीलाई बचाउन योजनाबद्ध काम गर्न आवश्यक रहेकामा जोड दिए ।
उनले प्रकृतिलाई दोहन गर्ने र पुनर्जागरण नगर्ने मानवीय गतिविधि आफ्नै लागि खतरनाक हुने उल्लेख गरे । प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता निधिले मानवले उपयोग गर्ने प्राकृतिक स्रोतसाधनको भण्डारण गर्नुपर्ने विचार व्यक्त गरे । प्रकृतिलाई दोहन गर्ने तर पुनर्भरण गरिएन भने एक दिन सबै रितिन्छ अनि के गर्ने ? उनले प्रश्न गरे ।




































