प्रतिनिधिसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । अब बैठक बुधबार दिउँसो १ः०० बजे बस्ने छ ।

सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरेपछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।

यस बिचमा पनि सहमति हुन नसकेपछि बुधबार १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् । प्रतिनिधिसभा बैठक गत जेठ १३ गतेदेखि निरन्तर अवरोध भइरहेको छ।