भारत । गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको छ । नागरिक उड्डयन मन्त्री राम मोहन नायडू किंजरापुले यसको जानकारी दिएका हुन्।
राम मोहन नायडू किन्जारापुले एक्समा पोस्ट गरे , “विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) ले अहमदाबादको दुर्घटना स्थलबाट २८ घण्टा भित्र उडान डाटा रेकर्डर (ब्ल्याक बक्स) बरामद गरेको छ। यो अनुसन्धानमा एक महत्त्वपूर्ण कदम हो। यसले घटनाको अनुसन्धानमा धेरै मद्दत गर्नेछ।”




































