झिनो अंकले बढयो शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१३ अकंले बढेर २६५७.५२ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ६ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंकको ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२८ प्रतिशत, हाइड्रोपावर समूहको १.१३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइतबार ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।