काठमाडौं । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले उक्त आदेश दिएको हो ।
विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको भए पनि उच्च अदालतले सोमबार आदेश जारी गर्दै पाठकलाई तत्काल पक्राउ नगर्न भनेको हो ।
आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।




































