मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख । मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो ।

डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।

घाँस काट्न गएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो । घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर घटना स्थलमा शनिबार बिहान मृत्यु भएको थियो । किशोर खड्का उनकै मलामी गएको गएका थिए ।