काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु २ हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु ५ हजार ८७० कायम भएको छ ।
बुधबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु ५ हजार ९२० कायम भएको थियो । मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु २ हजार ८८० कायम भएको थियो । गत आइतबार २ तोला सुन रु २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार १ तोला सुन रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।































