काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० र १ तोला चाँदीको मोल रु ५ हजार ५० निर्धारण भएको छ ।
हिजो बिहीबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ४ हजार ७ सइ र १ तोला चाँदीको मोल रु ५ हजार ६० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ९ सइ ९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।































