काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रु एक हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रु एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला रु २० घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रु एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।




































