जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडाैं । सुदूरपश्चिम रोएल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।

पराजित जनकपुरले भने अब बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्सको सामना गर्नेछ । यी दुईबीचको विजेताले शनिबार सुदूरसँग फाइनल खेल्ने छन् । कर्णाली इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायरमा छनोट भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।