काठमाडाैं । नेपाल एसीसी महिला यू-१९ एसिया कपको अन्तिम चारबाट बाहिरिएकाे छ । सुपर फोरको आफ्नो अन्तिम खेलमा शुक्रबार बंगलादेसँग ९ विकेटले पराजित भएसँगै नेपाल अन्तिम चारबाट बाहिरिएको हो ।
लिग चरणमा पाकिस्तानलाई पराजित गर्दै र भारतसँग अंक बाँड्दै सुपर फोरमा पुगेको नेपालले सुपर फोरको पहिलो खेलमा बिहीबार वर्षा बाधक भएपछि श्रीलंकासँग पनि अंक बाँडेको थियो । मात्र दुई अंक भएपछि नेपाल अघिल्लो चरणमा प्रवेश गर्नबाट वञ्चित भएको हो ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।
महिला यू-१९ एसिया कपको उपाधिका लागि भने भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।




































