काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २४ गतेसम्म सञ्चालन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने भएपछि पुस २४ गतेसम्म सञ्चालन हुने भएको हो ।
हिजो (सोमबार) अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाई तीन–तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ गतेसम्म लम्बाइएको बताइएको छ ।
आजको बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बसेको छ । बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन्, जहाँ आज र भोलि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिएपछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ ।
त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ ।




































