काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाले आफ्नो स्थापना भएको करिव ५ वर्षपछि पहिलो वार्षिक साधारणसभा यहि पौस २९ गते गर्न लागेको हो ।
यस अघि २०८१ पौस २७ गते साधारण सभा गर्ने भनि गोरखा पत्रमा प्रकाशन गरिएको थियो । उक्त मितिमा कम्पनीले विशेष कारणले साधारण सभा गर्न नसकिएको प्रेश विज्ञप्ती मार्फत जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पौस २९ गते साधारण सभा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
यस कम्पनीमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सेयर रहेको छ । उक्त प्रथम वार्षिक साधारणसभामा कम्पनीले आ.व. २०७६/०७७ देखि २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहित आषाढ मसान्तको वासलात, सो अवधिको नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुका विषयमा छलफल गरी पारित गर्ने र कम्पनीको नियमावाली संशोधन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।




































