सुर्खेत । कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७६८ वटा साना उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ती उद्योग दर्ता भएका हुन् । सबैभन्दा धेरै सुर्खेतमा ६७६ वटा उद्योग दर्ता भएका छन् ।
यस्तै दैलेखमा १५६, जाजरकोटमा १५३, जुम्लामा २०४, कालिकोटमा १२२, मुगुमा १११, सल्यान र रुकुम पश्चिममा १००/१०० र डोल्पामा ९३ वटा लघु, घरेलु तथा साना उद्योग समीक्षा वर्षमा दर्ता भएका छन् ।
योसँगै कर्णालीमा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगको संख्या ३८ हजार २८४ पुगेको छ । आर्थिक वर्ष ०७९/०८० सम्म प्रदेशका त्यस्ता उद्योगको संख्या ३६ हजार ५१६ थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगको उपयोग क्षमता नै कमजोर छ । जसका कारण प्रदेशको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान पनि न्यून (९.७०) छ ।
घरेलु तथा साना उद्योगको जिल्लागत अवस्था





































