अष्टेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रर्दशनी

सिड्नी । अष्टेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिरहरू प्रर्दशनी गरीएका छन् । अष्ट्रेलिया नेपाल न्युजको ११ ओैँ बार्षिक उत्सवको अवसरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी नेपाल झल्कने तस्बिर प्रदर्शनी गरेको हो । उक्त फाउण्डेशनका प्रमुख भरत बन्धु थापाले आफ्ना पत्रकारिता जिवनमा खिचेका तस्वीरहरु प्रदर्शनीमा राखेका हुन् ।
नेपालका लागि अष्ट्रेलियन राजदुत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिरहरू राखिएका थिए ।

प्रदर्शनी अवलोकन गर्दै महामहिम चित्रलेखा यादवले विदेशमा रहेका सबैले नेपालको प्रबर्द्धनमा जोड दिनुपर्ने बताइन् । राजदुत यादवले विदेशमा रहेका नेपालीहरूले समय मिलाएर पटक पटक स-परिवार नेपाल घुम्नमा पनि जोड दिइन् । नेपालको विकासमा लागि पर्यटन प्रबर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रर्दशनीले महत्वपूर्ण भुमिका खेल्ने उनले बताइन् ।

एनएसडब्लुका वाणिज्यदुत संजिव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रबर्द्धनमा बिशेष जोड दिने बताए ।

राजदुत यादव र वाणिज्यदुत शर्मालाई भरतबन्धु थापाले नेपाल झल्कने किताब समेत प्रदान गरेका थिए ।