काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ।
बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेश सम्बन्धी कार्य शुक्रबारको सम्भावित कार्यसूचीमा छैन ।
दिउँसो १ बजे बस्ने बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।





































