काठमाडौं । पाथिभरा देवी दर्शन केबलकार प्रालीका अध्यक्ष चन्द्र ढकालले केवलकारले पहिचानको प्रमोट गर्ने दाबी गरेका छन् । अध्यक्ष ढकालले केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरुका लागि सहज हुनुका साथै सम्पूर्ण तिर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने दाबी गरेका छन् ।
उनले अघि भने,‘हिँडेर जान चाहनेहरुको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्याउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तिर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।’




































