शानदार मःम पसल ग्यास विस्फोट : घाइतेमध्ये थप एकको मृत्यु

काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएमध्ये थप एक जनाको मृत्यु भएको छ ।

विष्फोटमा गम्भीर घाइते भएका उदयपुरको गढी गाउँपालिका–७ का २२ वर्षीय प्रदीप तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त विष्फोटमा मृत्यु हुने तीन जना पुगेका छन् ।

यसअघि हेटौँडाका १८ वर्षीय रविन राई र उदयपुरका २० वर्षीय भिमबहादुर घलेको बर्न अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परेका ८ जनाको अझै उपचार जारी छ ।