काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।
अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ ।




































