काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् । गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा. पलेस्वाँ जोशी लाखे र प्रा.डा. आनन्द शर्मा नियुक्त भएका छन् । यसैगरी डिनमध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको छ ।निजी क्षेत्रको तर्फबाट डा. सन्तोष राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारी सदस्य नियुक्त भएका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयको सिफारिसका काउन्सिलका पदाधिकारी र सदस्यहरु मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको थियो ।




































