नेशनल लाईफको ३८ औं बार्षिकोत्सव सप्ताहव्यापी विविध कार्यक्रम गरी सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि.ले ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई आर्थिक सहयोगसहित त्यहाँ रहेका बालबालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम गरी सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारी वर्गहरु र शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेका थिए ।

देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरीएको खत्रीले बताए ।

कर्मचारीहरुलाई शारीरिक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फ क्रिकेट, पुरुष तथा महिलातर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको थियो ।

साथै कार्यक्रममा मनोरञ्जनात्मक तथा खेलकुदमा सहभागिहरुलाई र रक्तदानमा सहभागिहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।