काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको असन्तुष्टिलाई नजरअन्दाज गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले जनताको असन्तुष्टिलाई समयमै बुझेर सचेत रहनुपर्नेसमेत बताए ।
उनले भने, ‘जनता असन्तुष्ट छन् । त्यो असन्तुष्टिभित्र आक्रोश छ । यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन ।’
थापाले सरकारले कुनै पनि अहंकार नराखीकन प्रतिपक्षले उठाएका कुरालाई सम्बोधन गर्दै जाने अभ्यास गर्नुपर्ने बताए । २०६२/०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नुपर्ने उनले बताए ।




































