काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । शुक्रबार सुनको भाउ बढेर इतिहासकै उच्च भएको छ ।
आज सुनको भाउले रेकर्ड तोड्दै तोलाको पौने २ लाख रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुनको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।





































