प्रधानमन्त्री ओलीले संसद् बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा उनले सम्बोधन गर्ने भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।