रवीन्द्र मिश्र र धवल शमशेरसहित १७ जना पक्राउ, दुर्गा प्रसाईंको खोजी जारी

काठमाडौं । राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवल शमशेर राणासहित १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सेफोर्ड लिम्बु, सन्तोष तामाङ पनि रहेका छन्। प्रहरीले फरार रहेका दूर्गा प्रसाईलाई पनि खोजी गरिरहेको छ।

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ ।

तीनकुनेमा हिजो घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।