हङकङमा जारी चार देशीय टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले हङकङमा जारी चार देशीय टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

नेपालले विहिबार सम्पन्न दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ८१ र असिफ सेखले ५३ रन बनाएका थिए । यो नेपालले टी-२० मा चेज गरेको अहिलेसम्मकै ठुलो टोटल हो  ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाउदै १८५ रन बनाएको थियो । अब नेपालले अर्को खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका रहेको छ ।