काठमाडौं । सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका चार जनालाई नेकपा एमाले निकटको प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यस्तै उनीहरूको एमाले पार्टीको सदस्यतासमेत खारेज गर्न भन्दै सिफारिस गरिएको छ ।
चौतारीका महासचिव हीरामान लामाले विज्ञप्ति निकाल्दै उक्त कारबाहीको जानकारी गराएका छन् । कारबाहीमा परेकाहरूमा पूर्वकेन्द्रीय सचिव लोग्सरी कुँवर, पूर्वकेन्द्रीय समिति सदस्य पवित्रा सुनार, केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोग पूर्वसदस्य दीपा रेग्मी रहेका छन् ।
उनीहरूमाथि संगठनको हितविपरीत अन्य पार्टीको उक्साहटमा उम्मेदवारी दिएको आरोप लगाइएको छ ।
यो संस्था नेपाली महिला पत्रकारको सहभागिता, क्षमता अभिवृद्धि, र लैङ्गिक समानताका लागि लामो समयदेखि काम गरिरहेको अग्रणी संस्था हो ।





































