हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीका अनुसार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।

हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृतिका लागि पठाउने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।