सुनको मूल्यमा गिरावट, कतिमा भइरहेको छ  कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।